Wednesday May 15, 2024
BS 2081 Jestha 2
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

सरकारले दिने भयो पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

Mar 15, 2017 under National 834 , Current Affairs 114

काठमाडौः २०६३ को राजनीतिक परिवर्तनसँगै खोसिएको पृथ्वीजयन्तीको राष्ट्रिय हैसियत लामो आन्दोलन र धेरैको दवावपछि सरकारले पुर्नस्थापित गरेको छ । मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ । उक्त अवसरलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनेबारे केही खोलिएको छैन् ।

गृहमन्त्री बिमलेन्द्र निधिले सोमबारको मन्त्रिपरिषद्को बैठकमा पृथ्वीजयन्तीलाई सामेल नगरी २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेपछि मन्त्रीहरु दीपक बोहरा, अर्जुननर सिंह केसीलगायत धेरैले यसको विरोध गरेका थिए । मन्त्रीहरुले पृथ्वीजयन्तीमा छुट्टी नदिएसम्म सार्वजनिक छुट्टीको प्रस्ताव अनुमोदन नगर्ने अडान लिएपछि त्यसमा निर्णय हुन सकेको थिएन ।

मन्त्रिपरिषद्ले अन्ततः पृथ्वीजयन्तीको बिदालाई सार्वजनिक बिदाको सूचीमा समावेश गरी त्यसको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।

No news.
Australian Dollar to Nepalese Rs